Kath khabar
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज

 

                     काठमाडौं, जेठ ७ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको छ । 

तीन पटकको पेशी बिना सुनुवाइ स्थगित भएको लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको हो। सन्दीपको मुद्दा न्यायाधीश पराजुलीको सुनुवाइ सूचीमा चार नम्बरमा परेको छ । जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनुवाइ स्थगित भएको थियो ।

सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् । यदि आज सुनुवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update