Kath khabar
म्यानचेस्टर सिटी बन्यो लगातार तेस्रो सिजन प्रिमियर लिग च्याम्पियन

 

              काठमाडौं, जेठ ७ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । उपाधि होडमा रहेको लन्डन क्लब आर्सनलले हार व्यहोरेसँगै म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको हो।

उपाधि होडमा रहेको आर्सनल गएराति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बनेको हो । अब दोस्रो स्थानमा रहेको आर्सननले एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जित हात पारेपनि ४ अंकले अघि रहेको सिटीले बाँकी तीनै खेल गुमाएपनि बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ ।

सिटीले आइतबार चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ । कप्तान इल्के गुन्डोगनले लगातार तीन पटक र छ वर्षमा पाँच पटक यो ट्रफी जित्नु अविश्वसनीय रहेको बताएका छन् ।

गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथलाई १–० गोलले हरायो । त्यस्तै लिभरपुल र एस्टन भिल्ला तथा उल्भ्स र एभर्टनले १–१ गोलको बराबरी खेले । फुलहम र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेले । ब्रेन्टफोर्डले टोटनहमलाई ३–१ गोलले हराएको छ ।

पछिल्लो सिजन सिटीले प्रिमियर लिगमा प्रभुत्व जमाएको छ । सिटीले ६ मध्ये ५ उपाधि जितेको छ । म्यानचेस्टर युनाइटेडले १९९६ र २००१ को बीचमा यो उपलब्धि हासिल गरेको थियो । यो अवधिमा युनाइटेडले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update