काठमाडौं, जेठ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले राज्यको आधारभूत मान्यतालाई सम्बोधन गर्न नसकेको भन्दै कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’
देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको ओलीको भनाइ छ। उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको र सरकार राजश्व उठाउन असफल भएको दाबी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्दै नक्कली शरणार्थी प्रकरणको बारेमा पनि बोल्दैछन् ।