Kath khabar
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राखिने

 

                काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना लाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सूरु भएको आज ५७ दिन हो । कानुन अनुसार आगामी जेठ १० गतेभित्र मुद्दा अदालतमा दर्ता भइसक्नु पर्नेछ ।

भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्दजीत राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत १६ जना प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update