
ललितपुर, जेठ ८। रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल लगिदैछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएको वैशाख २८ गते ज्योतिषीहरूले आजको साइत निकालेका थिए ।
आज दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ। लगनखेलबाट जावलाखेल तानिने एक दिनअघि गरिनु पर्ने परम्परा अनुसार हिजो बेलुका रथको टुप्पोबाट नरिवल खसालिएको थियो ।
लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्याइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ ।
रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो बिहीवार भोटो जात्रा हुनेछ । लगनखेलमा रहेको रथलाई जावलाखेलमा पुर्याइएको चार दिनमा भोटो देखाउने परम्परा छ ।
भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।