Kath khabar
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड

 

                   काठमाडौं, जेठ ८ । इन्डियन वुमन्स लिग फुटबल प्रतियोगिताको उपाधि गोकुलम केरलाले जितेको छ । आईतबार राती भएको खेलमा किक स्टार्ट क्लबलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै गोकुलम च्याम्पियन बन्यो ।

गोकुलमको जितमा नेपालकी सावित्रा भण्डारीले एक गोल गरिन् । योसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी हिरो इन्डियन वुमन्स लिगको सर्वाधिक गोलकर्ता बनेकी छन् ।   

लिग अवधिभर सावित्राले ५ ह्याट्रिकसहित ३० गोल गरिन् ।  यो भारतीय वुमन्स लिगको एकै सिजनमा कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर समेत रहेकी सावित्रा भण्डारीले लिगमा सर्वाधिक गोलकर्ताको अवार्ड प्राप्त गरिन् । सावित्राले भारु एक लाख प्राप्त गरिन् । यो सहित गोकुलम तेस्रो पटक इज्डियन वुमन्स लिगको च्याम्पियन भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update