राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा २ पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्न सांसद सुवालको माग
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले २ जना पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्
काठमाडौं, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा २ जना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले २ जना पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।
पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि २ पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्। उनका भनाइको आशय शेरबहादुर देउवा र केपी शर्मा ओली माथि पनि अनुसन्धान गर्नुपर्ने देखिएको हो।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय