Kath khabar
निषेधाज्ञा खुला सँगै रेल सञ्चालन गर्ने 

काठमाडौं, जेठ ३१ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले निषेधाज्ञा खुला सँगै रेल सञ्चालन गर्ने बताउनु भएको छ । छिटो भन्दा छिटो अर्थात् १५ गते भित्र रेल सञ्चालनको लागि सम्वन्धित अधिकारीहरुलाई तयारी अवस्थमा बस्नु भन्न चाहान्छु । '१५ गते अघिको मितिहरुमो यी यी कामहरु गर्ने भनेर तयारी गर्नुहोस् १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर उद्घाटन गर्ने छौ निषेधाज्ञा खुला भएन भने भर्चुअल माध्यमबाट उद्घाटन गरी रेल सञ्चालन गरिने छ’, उहाँले भन्नु भयो,‘ रेल सञ्चालनको लागि नीतिगत, प्राविधिक र व्यवहारिक सबै कुराको व्यवस्था भई सकेको छ। यस्तो अवस्थामा हामीले निषेधाज्ञा खुला हुने रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनतालाई हामीले रेलको सेवा प्रवाह गर्नुपर्छ।’

सरकारले रेल सञ्चालनको लागि सुरक्षा फौज राख्ने विषयमा भने मन्त्रिपरिषदले निर्णय गर्ने मन्त्री नेम्बाङको भनाई छ। ‘रेल सञ्चालनको लागि अध्यादेश जारी गरी सकेका छौं त्यति हुदाँहुँदै पनि रेल सञ्चालन हुन सकेको छैन। हामीले रेल सञ्चालन गर्ने निश्चित गरेर मन्त्रालयका सचिव, विभागिय प्रमुखहरु अघि बढ्ने अवस्थामा पुगि सेकका थियौं दुर्भाग्य कोभिड १९ को दोस्रो लहड आउनाले वाधा हुन पुग्यो, ’उहाँले भन्नु भयो, ‘यद्पि अहिलको अवस्थालाई मध्यनजर कोभिडको असर कम हुँदै गई रेल सञ्चालनका लागि हामी तयारी हुने छौं। रेल सञ्चालनको लागि कुनै कसुर बाँकी राखेको छैन महाप्रबन्धक नियुक्त देखि लिएर, लोगो निर्माण, चालकको समेत व्यवस्था गरिएको छ।’

रेल सञ्चालनका लागि सरकारले भारतको सहयगोमा ३५ किलोमिटर ब्रोडगेज रेल्वे लिक निर्माण गरिसकेको छ भने रेल पनि ल्याई सकिएको छ। दुई वर्ष अघि नै जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर ब्रोडगेज रेल्वे लिक निर्माण भइसकेको छ। 

त्यस्तै, अबको समयमा जयनगर, जनकपुर र कुर्था रेल सञ्चालनको लागि नीतिगत तथा अन्य सहयोग मन्त्रालय र सरकारले गर्नु नपर्ने उहाँको भनाई छ। मन्त्री नेम्बाङले चालु आर्थिक वर्षमा संसद अधिवेशन चल्न नसक्दा रेल तथा पानीजहाज सञ्चालन प्रभावित बन्न पुगेको समेत बताउनु भयो । 

‘राजनीतिक घटनाक्रमले गर्दा चालु आर्थिक वर्षमा दुवै संसदीय अधिवेशन राम्रो ढंगले सञ्चालन भएन । आउने आर्थिक वर्षमा निर्वाचन सम्पन्न भएर होस् वा अर्को अवस्थामा होस् कानुन बनाउने निकाय संसद हो त्यसैले आवश्यक कानुनहरु संसदमा पुराएर पास गर्नको लागि ध्यान दिने छौं जसले रेल, पानीजहाज सञ्चालनमा सहयोग पुग्ने उहाँको भनाई छ।

मन्त्री नेम्बाङले आगामी आर्थिक वर्षमा भोजपुर, संखुवासभासम्म सुनकोशी, रामेछाप उदयपुरका जनतलाई यो मार्ग मार्फत् पानीजहाज सेवा पुराउने लक्ष्य राखेको बताउनु हुदै त्यसलाई पूर्णता दिई जनाताको हित समाजको हित गर्ने बताउनु भयो। 
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update