काठमाडौं, जेठ ९ । प्रतिनिधिसभा बैठक शुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
जारी बैठकमा गत शुक्रबार पेश गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि पनि छलफल हुनेछ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर शुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनल सहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।