Kath khabar
काठमाडौंमा आज देखि ‘सम्पदा बस’को सेवा शुरु, निःशुल्क रुपमा सम्पदाहरुको दृश्यावलोकन गर्न पाईने 

 

             ललितपुर, जेठ ९ ।  मंगलबार (आज) देखि काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले २ वटा विद्युतीय बसहरु सञ्चालन गर्ने भएको हो।

आज पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ। 

‘हफ अन हफ अफ बस’ मंगलबार देखि परीक्षणका रुपमा चल्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।

बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ । नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update