राजनीति
कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक माध्यम मार्फत सीमा विवाद समाधान गरिने बताएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने जानकारी दिए।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय