Kath khabar
विश्वकप छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध खेल्ने
Photo : CAN

 

                   काठमाडौं, जेठ ९ । नेपालले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटमा पहिलो खेल घरेलु टोली जिम्बावेसँग खेल्ने भएको छ । विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्ट इण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो।

प्रतियोगिता असार ३ देखि २४ ( १८ जुन - ९ जुलाई) सम्म जिम्बावेमा हुनेछ । जिम्बावेविरुद्ध १८ जुन अर्थात् असार ३ मा हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हुनेछ । यस्तै  नेपालले दोस्रो खेल  असार ५ (२० जुन) मा अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ (२२ जुन) मा खेल्नेछ।

समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । १० टोली सहभागी विश्वकप छनोट आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ। नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update