Kath khabar
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

 

                 काठमाडौं, जेठ ९ ।  सरकारले सङ्घीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसा कुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update