Kath khabar
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित

 

             ललितपुर, जेठ ९ ।  शहिद स्मारक 'ए' डिभिजन लिगको अंक तालिकाको पुछारमा रहेको एफसी खुमलटारले जित हात पारेको छ। खुमलटारले अंक तालिकाको चौथो स्थानमा रहेको सातदोबाटो युथ क्लबलाई १-० गोलले पराजित गरेको छ।

खुमलटारको जितमा मेसउकेले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै पुछारका रहेको खुमलटारले २० खेलबाट २१ अंक जोड्यो।

१३औं स्थानको फ्रेन्ड्स क्लबको पनि २१ अंक नै छ। १२औं स्थानको संकटा, ११औं स्थनको एनआरटी र दशौं स्थानको एपिएफको २३/२३ अंक छ। मनाङ मर्स्याङ्दी २४ अंक जोडेर नवौं स्थानमा झरेको छ।

यता २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको नेपाल पुलिस क्लबले मंगलबार थ्रीस्टार क्लबलाई १-० गोलले पराजित गर्‍यो। पुलिसको जितमा अहमद हिजाजीले २८ मिनेटमा गोल गरेका थिए।

मंगलबार पराजित भएको सातदोबाटो अंक तालिकामा २९ अंकसहित चौथो स्थानमा रहेको छ भने थ्रीस्टार २६ अंकसहित छैटौं स्थानमा छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update