काठमाडौं, जेठ १० । अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गर्ने गरेर सो कार्यको स्क्रिन रेकर्ड गर्ने गर्दथे ।
पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाई पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई कास्की पोखराबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।