Kath khabar
आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा एक सय २५ रुपैयाँ भन्दा बढी क्यासब्याक


                  काठमाडौं, जेठ १० । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब एक सय २५ रुपैयाँ भन्दा बढी क्यासब्याक पाउन सकिने भएको छ ।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको बोनसयु नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरि कम्तिमा एक सय २५ रुपैयाँ वा सो भन्दा बढी क्यासब्याक पाउन सकिने छ । 

कम्पनीका अनुसार उक्त प्रोमोकोड यही जेठ सात गतेदेखि आगामी असार छ गतेसम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

आइएमई पेको बारेमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । 

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध रहेको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update