राजनीति
ट्रेड युनियन खारेज गर्न र कृषिको बिचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन्
काठमाडौं, जेठ १० । राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्मचारीहरुको ट्रेड युनियन बन्द गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् । साथै कृषि क्षेत्रको विचौलिया बन्द गरेर कृषि क्षेत्रको उत्थान गर्नुपर्नेमा उनले जोड दिए ।
पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक रुपमा मात्र नहेरेर पर्यटनको रुपमा हेर्ने हो भने विश्वभरका करोडौँ हिन्दु र बौद्ध धर्मावलम्बीहरु नेपाल आउने उनको दाबी छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय