भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं, जेठ १० । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ - "विसं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।"
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय