Kath khabar
तीन महिनापछि संसदमा चन्द्र भण्डारी, जलन पीडितलाई क्यान्सर रोगीसरह सहयोग गर्न आग्रह


                       काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् ।

गत फागुनमा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । १२ मिनेटको समय पाएका भण्डारीलाई बुधबारको बैठकमा बसेरै बोल्ने व्यवस्था मिलाइएको थियो ।

बैठकमा भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

"म कीर्तिपुरबाट भारत जाँदा निदाएको थिएँ । त्यहाँ म सात दिनपछि ब्युझएँ । मलाई सहयोग आएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग अस्पताल बनाउने कुरामा सहयोग होस्", भण्डारीले भने ।

भारतमा गएर जलनको तीन महिना उपचार गराएर फर्केपछि प्रतिनिधि सभामा बोल्दै उनले भने, "म सौभाग्यले बाचेर आएर यहाँ बोल्न पाइरहेको छु, छिमेकी देशमा मलाई डाक्टरहरुले भन्नुभयो, विगतको तीन वर्षमा तीनजना मात्रै भेन्टिलेरमा गएर बाँचेका रहेछन्" । उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे ।

 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update