Kath khabar
पोल्याण्डको अप्रत्याशित हार 

बेलायत, असार १ । स्टार खेलाडी रोबर्ट लेवान्दस्कीको टिम पोल्याण्डले स्लोभाकियासँग दुई एक गोलको अप्रत्याशित हात ब्येहोरकोे छ ।

समुह इ अन्तगर्त सेन्टपिटर्सबगमा भएको खेलको पहिलो हाफमा नै स्लोभाकियाले उपहार गोलमा अग्रता बनाएको  थियो । १८ औँ मिनेटमा रोबर्ट माकले गर्नुभएको प्रहार पोष्टबारमा लागेर फर्किएको थियो । जुन पोलिस टिमका गोल रक्षक वोएचेक्सुटेन्सनाई लागेर गोल हुन पु्गेको हो । खेलको सुरुवाती ४५ मिनेटसम्म पोल्याण्डले स्लोभाकियाको पोष्टमा गतिलो प्रहार गर्न सकेन । दोस्रो हाफ सुरु भएको मात्र एक मिनेटमा पोल्याण्ड गोल फर्कायो ।

उसका लागि माचि रिबोसले दिनुभएको पासमा उहाँले वान टचमा सहज गोल गर्नुभएको हो । तर ६२ औँ  मिनेटमा गुज्यागोस क्रु्कोभियाक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमीत पोल्याण्ड झन् दबाबमा आएको थियो । जसको फाइदा स्लोभाकियाले लियो । त्यसको सात मिनेटमै मिलान स्क्रिनरले गोल गरेर स्लोभाकियाको दुई एकको जित सुनिश्चित बनाउनु भयो । पछिल्ला चार भेटमा तेस्रो पटक स्लोभाकियाले पोल्याण्डमाथि जित हात पारेको हो ।

स्टार खेलाडी लेवान्दस्कीले पनि कुनै प्रभाव देखाउन सक्नुभएन । गत सस्करणको युरोकपमा क्वाटर फाइनलबाट अघि नबढेको पोल्याण्डले अघिल्लो चरणमा स्थान बनाउन अब स्वीडेन अथवा स्पेनमाथि जित हात पार्नुपर्नेछ । २०१६को युरोकपमा पोर्चुगलसँग पेनाल्टीमा हार्दे पोल्याण्ड क्वाटरफाइनलबाटै घर फर्किएको थियो । स्लोभाकियाले सो युरोकपमा अन्तिमत १६ मा स्थान बनाएको थियो । यो जितपछि उसको अघिल्लो चरण पुग्ने संभावना बढेको छ ।

स्पेनको निराशाजनक प्रदर्शन

यस्तै सोही समुहमा भएको अर्को खेलमा स्पेनले स्वीडेनसँग एक एक अंक बाडेको छ ।

बलमा अधिकांश पकड बनाँउदा पनि स्पेन गोलको खडेरी तोड्न सकेन । स्पेनका लागि पहिलो हाफमा अल्भारो मोरोटाले गरेको प्रहारलाई मार्कस ड्यानिलसन बिफल बनाइदिनुभएको थियो । यस्तै ड्यानी ओल्मोले पोष्ट नजिकैबाट गर्नुभएको हेडर प्रहारलाई स्वडीस गोल रक्षक रोबिन ओल्सेन रोक्नुभएको थियो ।

कोकले गरेको प्रहार पोष्ट भन्दा बाहिर गएको थियो । यता स्वीडेनका लेजेन्ड खेलाडी ज्लाटान इब्राहिमोबिचको उत्तराधिकारीको रुपमा हेरिएका एलेक्जान्डर इसाकले गर्नुभएकोे प्रहार स्पेनिस डिफेन्डरमा डिफ्लेक्ट भइ बारमा लागेर आएको बललाई स्पेनका गोलरक्षक उनाइ सिमोनले सहज रुपमा बचाउानुभयो ।

इसाकले मार्कस बर्गलाई दिनुभएको सुन्दर पासमा गोल हुन सकेन । बाँकी समय दुबै टिमले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा रोकिएको हो । 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update