Kath khabar
घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ -  रवि लामिछाने


              काठमाडौं, जेठ ११ । रास्वपा सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा बुधबार फेरी रिट दर्ता भएको छ ।

प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले बुधबार रिट निवेदन दर्ता गरेपछि लामिछानेले सामाजिक सञ्जालमार्फत मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकोले जेठ ९ गते नै अदालतलाई बुझाएको पनि जानकारी दिएका छन् । "यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए" उनले प्रष्ट पारेका छन् ।

बुधबार लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित फेरी युवराज पौडेलले रिट निवेदन दर्ता गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको पेसी जेठ १७ गतेका लागि तोकिएको छ।

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update