क्यानाडा, असार १ । अर्जेन्टिनाले कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा चिली संग एक एक गोलको बराबरी खेलेको छ ।
ओलम्पिक स्टेडियममा आज विहान अर्जेन्टाइन लेजेन्ड खेलाडी डिएगो म्याराडोना प्रति श्रद्धान्दजली ब्यक्त गर्दै खेल सुरु भएको थियो । अर्जेन्टिनाले पहिलो हाफमा एक सुन्य गोलको अग्रता बनाएपनि जोगाउन सकेन् ।
३३ औं मिनेटमा कप्तान लियोनल मेसीले फ्रि किक मार्फत सुन्दर गोल गर्नुभएको हो । मेसीको यो ७२ औं अन्तराष्ट्रिय गोल हो । पहिलो हाफमा अघि रहेको अर्जेटिना विरुद्ध चिलीले दोस्रो हाफमा पुनरागमन गर्यो । ५७ औं मिनेटमा इडुवार्ड भर्गासले बराबरी गोल फर्काउनुभयो । अटुरो भिडाललाइ डि बक्स भित्र फाउल गरेपछि चिलीले पेनाल्टिको मौका पाएको थियो ।
भिडालले प्रहार गरेको पेनाल्टि गोलरक्षक इमिलियानो मार्टिनेजले रोकेपछि क्रसबारमा लाग्दै फर्किएको थियो । सोही वलमा भर्गासले गोल गरि अर्जेन्टिनासँग अंक खोस्नुभएको हो । अर्जेन्टिनाले यस अघि चिली विरुद्ध लगातार दोस्रो बराबरी हो । एक साता अघि विश्वकप छनोटमा पनि यी दुई टिमले एक एक गोलको बराबरी खेलेका थिए ।