काठमाडौं, असार १ । असार यता बिदेशी मुद्रा सञ्चितीमा पहिलो पटक कमि आएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई वैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । यद्यपि यसले १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
गत चैतमा पनि यस्तो सञ्चिती १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको थियो । चैतसम्म निरन्तर बढ्दै गएको बिदेशी बिनिमय सञ्चिती वैशाख महिनामा बढेको आयातका कारण कमि आएको देखिएको छ ।
आयातमा आएको बृद्धिले बिदेशी मुद्रा बढेको छ । जसका कारण सोधनान्तर स्थिती जम्मा ७ अर्ब ७५ करोड बचतमा रहेको छ । जबकी गत पुषमा देशको सोधानान्तर स्थिती १ खर्ब २४ अर्ब रहेको थियो । रेमिट्यान्समा भएको बृद्धि तर आयातमा आएको कमिका कारण त्यो बेला सोधानान्तर स्थिती उच्च रहेको थियो ।
पछिल्लो समय बढ्दै गएको आयात र सोहि अनुपातमा निर्यात बृद्धि गर्न नसक्दा बाहिर जाने बिदेशी मुद्रा र भित्रिने रकमको अन्तर राख्ने यस्तो खाता आयतामा २२ प्रतिशतको बृद्धिसँगै खुम्चीन पुगेको हो । गत वैशाखसम्ममा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । यता निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४८ करोड पुगेको छ ।
निर्यातको तुलनामा आयात वापत बाहिरिने रकम ११ खर्ब ४६ अर्ब बढि भएकाले यसको प्रत्यक्ष असर सोधनान्तर स्थितीमा परेको हो । त्यस्तै शिक्षा तथा भ्रमण बापत भित्रिने रकम भन्दा बाहिरिने रकम बढि भएसँगै खुद सेवा आय ५४ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको बैशाखमा खुद सेवा आय ७८ करोड ८२ लाखले बचतमा रहेको थियो ।
यो वर्षको १० महिनामा शिक्षातर्फको व्यय मात्रै २२ अर्ब ५१ करोड रहेको छ । वैदेशिक लगानी पनि १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ। यद्यपी रेमिट्यान्स भने १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ । रेमिट्यान्सका कारण मात्रै अहिलेसम्म मुलुक सोधनान्तर घाटामा जान बचेको हो ।
बिदेशमा कामको खोजिमा गएका युवाहरुले अहिले फजुल खर्च कम गरेका छन् । यसपछि उनिहरुले अहिले कमाएको सबैजसो रकम नेपालमा पठाएका छन् । जसका कारण रेमिट्यान्स ह्वात्तै बढेको देखिएको हो । रेमिट्यान्स बाहेक अन्य क्षेत्रबाट आउने रकममा कमि आएको छ । निर्यात बढेको देखिएको छ ।
अहिलेसम्मकै उच्च अर्थात निर्यात १ खर्ब नघट्दा पनि आयातमा भएको उच्च बृद्धिका कारण सोधनान्तर स्थिती संकुचन हुँदै गएको देखिन्छ । आगामी महिनामा आयातमा कमि नआउने हो भने सोधनान्तर स्थिती घाटामा जाने देखिन्छ ।