नक्कली भुटानी शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त पक्राउ परिन्
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादी मध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो
काठमाडौं, जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो।
महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादी मध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।
उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। यो प्रकरणमा ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएको देखिएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय