Kath khabar
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिनु आपत्तिजनक : रघुजी पन्त

 

                काठमाडौं, जेठ १४ ।  नेकपा एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक भएको बताएका छन्। उनले आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नागरिकता विधेयकलाई मन्त्रिपरिषदले सिफारिस गर्न नमिल्‍ने बताएका हुन्। 

‘यसरी धुलो लागेको विधेयक टकटक्याएर मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दवाव दिन मिल्दैन,’ उनले भने, ‘मैले पनि धेरै संविधानविद् र कानुनविद्सँग कुरा गरेर मात्रै बोलेको हो कि यो संविधानको भावना र लोकतन्त्र विरूद्ध छ।’

यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति समक्ष नपठाएर प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने पनि उनले बताए। ‘राष्ट्रपतिलाई पनि यो आग्रह छ कि, संविधानको स्पिरिट र लोकतन्त्रको भावना विरूद्ध रहेको यो  विधेयकमा उहाँले हस्ताक्षर नगर्नुहोस् भन्ने मेरो आग्रह छ,’ उनले भने।

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update