Kath khabar
जेलबाट रिहा भए रेशम चौधरी

 

                 काठमाडौं, जेठ १५ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी पाएपछि जेलबाट रिहा भएका हुन् ।

डिल्लीबजार कारागारबाट उनी सोमबार बिहान छुटेका हुन् । राष्ट्रपतिले चौधरीसँगै थप ४८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गरेका छन् । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा डिल्लीबजार कारागार परिसरमा समर्थक तथा कार्यकर्ताहरुको भिड लागेको थियो । उनलाई स्वागत गर्नका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी सहित, नेतृ एलिजा गौतम लगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुल मालासहित कारागार पुगेका थिए ।

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update