Kath khabar
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

 

               काठमाडौं, जेठ १५ । सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा प्रकाशशरण महतले दिउँसो सवा ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन् । चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्बको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्षका लागि त्यसमा करीब ५ प्रतिशत घटाई १७ खर्बदेखि १७ खर्ब २५ अर्बसम्मको बजेट ल्याइने तयारी गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update