Kath khabar
रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ
PHOTO : RSP

 

                 काठमाडौं, जेठ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई सोमबार सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई पदबाट हटाएको थियो । उनको ठाउँमा कंसाकार सांसद बनेकी हुन् ।

तेजाब आक्रमण पीडित विन्दवासिनी कंसाकार पेशाले बैंकर हुन् । २०७० सालमा उनी तेजाब आक्रमणमा परेकी थिइन्।

 

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update