Kath khabar
‘सांसदहरु बल्ल वडा अध्यक्षको लेवलमा आउनुभयो’ - बालेन्द्र शाह

 

                  काठमाडौं, जेठ १६ । बजेट विनियोजनमा सांसद विकास कोष पुनः सुरु भएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडा अध्यक्षको लेवलमा आएको टिप्पणी गरेका छन् ।  

सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमा प्रत्येक प्रत्यक्ष निर्वाचित सांसदलाई एक निर्वाचन क्षेत्रमा पाँच करोड खर्च गर्न पाउने गरी रकम विनियोजन गरेका थिए । सांसद विकास कोषको रकम दुरुपयोग भएको गुनासो आएपछि यस अघिका अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -

सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो ।
वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update