दुर्घटना
भीरबाट लडेर आमा छोराको मृत्यु
सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्
धादिङ, जेठ १६ । धादिङमा भीरबाट लडेर आमा छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा छोराको मृत्यु भएको हो।
सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्। त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
उनका अनुसार अप्सरा भने गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो। उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको डिएसपी जैसवालले बताए।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय