कृषि
बजेटमा पहिलो पटक गाँजा खेतीले प्राथमिकता पायो
औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्यान गरिने अर्थमन्त्री महतले जानकारी दिए। सांसदहरुले टेबल ठोकेको देखेर अर्थ मन्त्री पनि दंग परेको देखिन्थ्यो। बजेट पढ्न एकछिन 'पज' गर्दै अर्थमन्त्री पनि हाँसेका थिए
काठमाडौं, जेठ १६ । लामो समय छलफलमा रहेको गाँजा खेतीले यस पटकको बजेटमा प्राथमिकता पाएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने जनाएका हुन्।
औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्यान गरिने अर्थमन्त्री महतले जानकारी दिए। 'औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ,' अर्थमन्त्रीले बजेट पढेपछि सांसदहरुले टेबल ठोकेका थिए।
उनले गाँजा खेतीको सम्भाव्यता अध्यायन गरिने जनाएसँगै हाँसेका थिए। त्यसपछि उपस्थित सांसदहरुको पनि हासोको फोहरा छुट्यो। सांसदहरुले टेबल ठोकेको देखेर अर्थ मन्त्री पनि दंग परेको देखिन्थ्यो। बजेट पढ्न एकछिन 'पज' गर्दै अर्थमन्त्री पनि हाँसेका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय