Kath khabar
१६ अंकले बढ्यो  नेप्से, सबै सूचक हरियो


                   काठमाडौं, जेठ १८ । नेप्से बढेको छ । अघिल्लो दिनहरूमा लगातार घटेको नेप्से आज बिहीबार १६ दशमलव ५४ अंकले बढेर १८ सय ६६ दशमलव ३४ अंकमा चढ्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव १९ अंकले बढेर तीन सय ५५ दशमलव ६२ अंकमा चढ्न सफल भएको छ । आज नेप्सेमा दुई सय ७२ वटा कम्पनीहरूको २९ हजार नौं सय २२ पटकको कारोबारमा ६१ लाख २८ हजार छ सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार नौ सय २२ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज जोशी हाइड्रो पावर कम्पनी, स्वेतगंगा हाइड्रो पावर कम्पनी, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सनराईज इक्विटी फण्ड, पिपुल्स पावर लिमिटेड, बरुण हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update