Kath khabar
यातायात क्षेत्रका मजदुरलाई खोप उपलब्ध गराउन सरकारसँग माग

काठमाडौं,  असार १ । सरकार समक्ष यातायात क्षेत्रका मजदुर संगठनले कोभिड १९ विरुद्धको खोप लगाउन माग गरेका छन् । मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेटेर यातायात मजदुरहरुलाई खोप दिन माग गर्नुभएको हो। 

संगठनका अध्यक्ष भीमज्वाला राईले तत्काल इन्धन ढुवानी गर्ने सवारीका चालक तथा सहचालकलाई र यातायात मजदुरलाई लकडाउन अवधिमै खोप दिन सरकार समक्ष माग गरिएको बताउनु भयो । स्वास्थ्यमन्त्री तामाङले खोपको माग चौतर्फी रहेको हुदाँ अब आउने खोप भने यातायात मजदुरलाई प्राथमिकतमा राख्ने बताउनु भयो ।

संगठनले यातायात क्षेत्र अत्यावश्यक सेवा क्षेत्र भएको हुदाँ यस क्षेत्रका मजदुरहरुले आम सर्वसाधारणसँग रही काम गर्नुपर्ने हुदाँ कोरोनाको उच्च जोखिम हुने हुदाँ खोप आवश्यक रहेको जनाएको छ। त्यस्तै संगठनले कोरोना संक्रमितको निःशुल्क उपचार,  प्रोत्सहान भत्ता, राहत कोष लगायतका सुविधा समेत माग गरेको छ । 

अध्यक्ष राईका अनुसार अनुसार यातायात मजदुर ११ लाख बढी रहेको तथा व्यवसायी र उहाँहरुको परिवार समेत जोड्ने हो भने झण्डै ४५ लाख जनालाई खोप आवश्यक पर्ने बताउनु भयो। 


 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update