Kath khabar
क्लबहरुको अडान पछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

 

                   काठमाडौं, जेठ १९ ।  नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो एक विज्ञप्ति निकालेर निर्धारित तालिका अनुसार आज दशरथ रङ्गशालामा प्रशिक्षण हुने र त्यसपछिको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

भारतमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण शुरु भएको थियो । तर, शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० वटा क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफको तयारीका लागि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

साफ च्याम्पियनसिपमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।

समूह ’बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । विश्व फुटबल महासंघ ९फिफा०को प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंका भने सहभागी हुने छैन । कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा सहभागिता जनाएका हुन् । 

bigyapati1685687264.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update