अपराध
अशंबण्डा विवादमा छोराले गरे आफ्नै बुवाको हत्या
जेठ ८ गते अंश बण्डाको विषयमा विवाद दिपकले ७० वर्षीय बुवा लोकबहादुर कुमालमाथि कुटपिट गरेका थिए
ईलाम, जेठ १९ । आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जेठ ८ गते अंश बण्डाको विषयमा विवाद दिपकले ७० वर्षीय बुवा लोकबहादुर कुमालमाथि कुटपिट गरेका थिए।कुटपिटबाट गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय