खेलकुद
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २४ औं चरणका ४ खेल हुँदै
दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल जित्दै मच्छिन्द्र तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक दुरी घटाउन चाहन्छ
काठमाडौं, जेठ २१ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार २४ औं चरणका ४ खेल हुँदैछन् ।आइतबार दशरथ रंगशालामा २ खेल हुनेछ भने सातदोबाटो र च्यासल मैदानमा १/१ खेल हुनेछन् ।
दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यो खेल जित्दै मच्छिन्द्र तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइजसँग अंक दुरी घटाउन चाहन्छ । लिगमा २४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । एक खेल कम खेलेको मच्छिन्द्रको ३९ अंक छ ।
सातदोबाटो मैदानमा एफ सी खुमलटार र संकटा क्लब भिड्नेछन् । दशरथ रंगशालमा दिउँसो ३ बजे न्युरोड टिमले हिमालयन शेर्पाको सामना गर्दा साँझ ६ बजे मनाङ मस्र्याग्दी क्लबले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय