काठमाडौं, जेठ २३ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार २५ दशमलव ६६ अंकले बढेर १९ सय २७ दशमलव ६५ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८७ अंकले बढेर तीन सय ६५ दशमलव शून्य नौ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरूको ३६ हजार एक सय १८ वटा कम्पनीहरूको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय एक रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज न्यादी ग्रुप पावर लिमिटेड, सनराइज फोकस इक्विटी फण्ड, सोल्टी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सेञ्चुरी डिबेञ्चर २०८८, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी आज सोल्टी होटल, शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।