राजनीति
आजको प्रतिनिधि सभाको बैठक शुरु
बजेट माथि आज पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबार देखि बजेट माथि छलफल भएको हो

काठमाडौं, जेठ २४ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आजको बैठकमा पनि सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल हुँने कार्यसूचि रहेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो ।
बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोध गरेका छन् ।
बजेट माथि आज पनि सांसदहरुले आ-आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबार देखि बजेट माथि छलफल भएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय