काठमाडौं, जेठ २४ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।
दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा २४ खेलमा ३१ अङ्क जोडेर आठौँ स्थानमा छ । समान खेलमा मछिन्द्र ३९ अङ्कका साथ दोस्रो स्थानमा छ ।
रंगशालामा बेलुका ६ बजे शुरु हुने आजको दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । संकटा २४ खेलमा ३० अङ्क जोडेर दशौँ स्थानमा र फ्रेन्ड्स समान २४ खेलमा २६ अङ्कका साथ पुछारमा छ ।
यस्तै दिउँसो ३ बजे च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । मनाङ २४ खेलमा ३२ अङ्क जोडेर छैटौँ स्थानमा तथा एनआरटी समान खेलमा ३० अङ्कका साथ ११ औँ स्थानमा छ ।
अन्तिम खेल अघि नै चलिगको र्च ब्वाइज युनाइटेडले उपाधि जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भयो ।
१४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।