पोर्चुगल, असार २ । युरोकपको समुह एफ अन्तर्गत स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको किर्तीमान बनाएको खेलमा साविक बिजेता पोर्चुगल हंगेरीमाथि तीन शुन्य गोलको शानदार जित हात पारेको छ ।
गएराती बुडापेष्टको पुस्कास अरिनामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । पहिलो हाफमा हंगेरीको रक्षापंक्तिलाइ तोड्न पोर्चुगल असफल रह्यो । ६० हजारभन्दा बढि दर्शकको उपस्थितीमा भएको खेलको सुरुवाती चौथो मिनेटमै डियगो जोटाले गर्नुभएको प्रहारलाई पिटकर ग्लाक्सीले रोक्न सफल हुनु भएको थियो । रोनाल्डोले पोष्ट नजिकैबाट गर्नुभएको दुई प्रहारहरु बाहिरिएको थियो ।
उहाँका लागि ग्लाक्सीले उत्कृष्ट खेल प्रस्तुत गर्नुभएको थियो । दोस्रो हाफमा केही आक्रामक देखिएको हंगेरीले गोल प्रयास गरेपनि सफल भएन । ८० औँ मिनेटमा हंगेरीका वैकल्पिक खेलाडी साबोच सेनले गर्नुभएको गोल अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिनुभएन । अन्तिम समयमा पोर्चुगलले तीन गोल गरेको थियो । ८४ औँ मिनेटमा रफायल गुरेरोले पोर्चुगलको खाता खोल्नु भयो । उहाँले गरेको प्रहार पनि विली अर्बानलाई लागेर गोलमा परिणत भएको थियो ।
८७ औँ मिनेटमा पोर्चुगलले स्टार खेलाडी रोनाल्डो किर्तीमानी गोलमा अग्रतालाई दोब्बर बनायो । अर्बानले राफा शिल्भालाई डि बक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा उहाँले गोल गर्नुभएको हो । इन्जुरी समयमा उहाँले व्यक्तिगत दोस्रो गोल गरि पोर्चुगलको तीन शुन्य गोलको जित सुनिश्चित बनाउनु भयो ।
रोनाल्डोका किर्तीमानी गोल
सो खेल दुई गोल गर्नुभएका रोनाल्डोले युरोकपमा धेरै गोल गर्ने नयाँ किर्तीमान बनाउनु भएको छ । उहाँले युरोकपमा आफ्नो गोल संख्या ११ पुर्याउनुभएको छ । उहाँले अघिल्लो संस्करणमा फ्रान्सका पुर्व स्टार खेलाडी मिचेल प्लाटिनीले बनाएको ९ गोलको किर्तीमानसँग बराबरी गर्नुभएको थियो ।
सन् १९८४ को युरोमा फ्रान्सले १४ गोल गर्दा प्लाटिनीले एकै टुर्नामेण्टमा ९ गोल गरी सर्वाधिक गोल गर्ने खेलाडीको किर्तीमान बनाउनु भएको थियो । सन् २००४ मा युरोकपको समुह चरण अन्तर्गत ग्रिस विरुद्ध गोल गरि उहाँले युरोकपमा खाता खोल्नु भएको थियो । ३६ वर्षीय रोनाल्डो पाँचौ युरो कपमा सहभागि हुने र लगातार पाँचौँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बन्नुभएको छ ।
साथै उहाँ, इरानका भेट्रान खेलाडी अलि डेइको विश्व किर्तीमानी गोलको रेकर्ड तोड्नमात्र चार अंकले पछि हुनुहुन्छ । सुपर स्टार रोनाल्डोले आफ्नो गोल संख्या एक सय ६ पुर्याउनुभएको छ ।