जर्मनी, असार २ । समुह एफ अन्तर्गत जमर्नीले साविक विश्वबिजेता फ्रान्ससँग एक शुन्य गोलको पराजय ब्येहोरेको छ । समुह चरणको सबै भन्दा हाइप्रोइल टिम बिचको प्रतिस्पर्धाका रुपमा हेरिएको सो खेलमा फ्रान्सले जर्मनीविरुद्ध उपहार गोलमा अग्रता बनाएको हो । खेलको २० औँ मिनेटमा लुकास हर्नान्डेजले गर्नुभएको क्रसलाई क्लियर गर्न खोज्दा हमेल्सले आफ्नै पोष्टमा गोल गर्नुभएको थियो ।
२०१४ को विश्वकप पछि पहिलो पटक हमेल्स र थोमस मुलरले जमर्नीको राष्ट्रिय टोलीमा कमब्याक गर्नुभएको थियो । जमर्नीको घरेलु मैदानमा म्युुनिखमा भएको प्रतिस्पर्धात्मक खेलमा जमर्नीले बलमा पकड बनाउँदा पनि अट्याकिङ लाइनबाट गोल निकाल्न भने सकेको थिएन । फ्रान्सले लगातार जस्तै आक्रमण बुनेको थियो । पाउल पोग्बाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिन सक्नु भएन् । १७ औं मिनेटमा केलियन एम्बाप्पेको प्रहारलाई म्यानुयल नोएरले बचाउनु भयो । सन् २०१५ पछि पहिलो पटक राष्ट्रिय टिममा फर्किनुभएका करिम बेन्जेमाको गोल पनि अफसाइड भयो । त्यस्तै एड्रिन राबियटले गर्नुभएको प्रहार पनि पोष्टभन्दा केही परबाट बाहिरियो । यता जर्मनीका लागि मुलरले बराबरी गोल गर्ने मौका गुमाउनु भयो । ५३ औँ मिनेटमा सर्ज गिनाब्रीले गरेको प्रहारले पोष्टमाथिबाट बाहिरियो । यो समुह चरणको पहिलो राउण्ड सकिएको छ ।