Kath khabar
अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न चिनियाँ नागरिक सहित दुई जना पक्राउ


             काठमाडौं, जेठ २५ । अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय झाओ जियान पिङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली खरिबोटस्थित गैह्र–कानुनी रुपमा शंकास्पद गतिविधि भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैध रुपमा इन्टरनेशनल इनकमिङ कल, एसएमएस् बाईवास (भिओआईपी) संचालन गरी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूको साथबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरु, नेपाली रुपैयाँ र विभिन्न देशका मुद्राहरू सहित बरामद गरेको छ ।

उनीहरू उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update