Kath khabar
निषेधाज्ञामा जंगल सफारी लजको आकर्षक योजना

काठमाडौं, असार २ । जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ । योजना अन्तर्गत पर्यटकले तीन रातको कोठाको मूल्य मात्र चार हजार रुपैयाँमा पाउनेछन् । कोभिड-१९ का कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न होटलले आकर्षक योजना ल्याएको होटलका संचालक सुमन घिमिरेले बताउनुुभयो । ‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ । यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यो योजना ल्याएका हौ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनुहुनेछ ।

यो योजनामा सहभागी हुन पर्यटकहरुले असार महिनाभरी प्याकेज खरिद गर्नुपर्ने हुन्छ । आफुले खरिद गरेको प्याकेज मितिको १ महिना पछि होटलमा आएर बस्न सकिने उहाँको भनाई छ । योजना अन्तर्गत पर्यटकहरुले २०७८ चैत २८ गतेसम्म प्रयोग गरिसक्नु पर्नेछ । योजनामा एक हजार जना सहभाागी गराउने घिमिरेले बताउनुभयो । योजनामा ब्रेकफाष्ट उपलब्ध छैन र ग्रुप बुकिङको लागि यो योजना लागु हुने छैन । उहाँका अनुसार पैसा तिरेका पर्यटकले १५ दिन अगावै होटलमा कोठा बुक गर्नुपर्नेछ । योजना नेपालमा रहेका एक्स प्याटसहरु पनि सहभागी हुन पाउने उहाँले बताउनुभयो ।  

 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update