काठमाडौं, जेठ २५ । नेप्से सुधारोन्मुख देखिएको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सात दशमलव २७ अंकले बढेर १९ सय ३९ दशमलव ६१ अंकमा पुग्न सफल भएको छ ।
सेन्सिटिभ भने आज एक दशमलव शून्य पाँच अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय ७३ वटा कम्पनीहरुको ४३ हजार एक सय २८ पटकको कारोबारमा ५९ लाख ६२ हजार ९३ कित्ता खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, होटल तथा पर्यटन र उत्पादनमूलक समुहको सूचक घटेपनि विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सूचक भने बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज दोल्ती पावर कम्पनी लिमिटेड, गुगल इनर्जी डेभलमेन्ट कम्पनी, दोल्ती हाइड्रोपावर कम्पनी, छ्याङदी हाइड्रो पावर कम्पनी आदिको सेयर मूल्य बढेका छन् भने रिभरफल्स पावर लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संंस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आईजिआई प्रेसिडेन्सियल इन्स्योरेन्स कम्पनी, सोल्टी होटल लिमिटेड आदि परेका छन् ।