Kath khabar
स्नायु रोगबाट पीडितका लागि नर्भिकमा फ्रि ओपिडी हुने



              काठमाडौं, जेठ २५ । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ ।

नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिवार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी (न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो । नेपालीहरूमा पछिल्लो समय ब्रेन ट्युमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरूको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरूको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ। यो क्रममा सर्वसाधारणहरूको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update