Kath khabar
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 

 

                    काठमाडौं, जेठ २५ ।  भारतमा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनशिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । यस्तै डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा रहेका छन्  । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु र आभास लामिछाने रहेका छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर रहेका छन् ।

साफ च्याम्पियनशिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ ।

च्याम्पियनशिपको तयारीअन्तर्गत नेपालले जुन १५ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update