Kath khabar
‘ग्रेटर नेपाल’ को नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन

 

                      काठमाडौं, जेठ  २६ । स्वतन्त्र युवा समुहले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्नु पर्ने माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएर साहसिक निर्णय लिएको भन्दै बालेनको समर्थनमा स्वतन्त्र युवाहरुले काठमाडौंको माइतीघरमा ‘ग्रेटर नेपाल’को नक्शामा दीप बालेर पनि प्रदर्शन गरेका छन् ।

भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि स्वतन्त्र मेयर भएका कारण 'टिट फर ट्याट' गर्न मेयर शाहले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्न लगाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update