Kath khabar
टेकु ल्यावका अधिकृत ५० हजार घुससहित पक्राउ


                 काठमाडौं, जेठ  २६ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् ल्याव टेक्निसियन घुससहित पक्राउ परेका छन् ।

अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शुक्रबार बिहान शंखमुलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ । भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update