समाज दर्पण
गोदावरी माथिको डाँडामा डढेलो
बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रातभरी डढेलो लागिरहेको स्थानीयवासीले बताए
ललितपुर, जेठ २६ । गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ। बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रातभरी डढेलो लागिरहेको स्थानीयवासीले बताए ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो । खबर पाएपछि भने प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय