दुर्घटना
ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु
लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो
ललितपुर, जेठ २६ । ललितपुरको डुकुछापमा डोजर लैजाने क्रममा तारले छोएर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावारी नगरपालिका ८ डुकुछापस्थित बाग्मती प्रदेश ०३-००१ प २२०८ नम्बरको ट्रकले डोजर लिई जाँदै गर्दा सडकमा लत्रेको हटाउने क्रममा करेन्ट लागेर १ युवकको मृत्यु भएको हो ।
लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय